झापामा डेङ्गी सङ्क्रमणबाट दुई जनाको ज्यान गयो

images
  • 175
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    झापामा डेङ्गी सङ्क्रमणबाट दुई जनाको ज्यान गयो
    images

    झापा 

    झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालककाे ज्यान गएको हो ।

    झापामा साउन १ गतेयता डेङ्गी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगेको छ । यही अवधिमा कोशी प्रदेशमा डेङ्गीबाट एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।

    सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend