सुनको भाउ बढ्यो!!

images
  • 123
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    सुनको भाउ बढ्यो!!
    images

    काठमाण्डौ 

    सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । आज सुन एक सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाकाे एक लाख ५२ हजार एक सय रुपैयाँ रहेको थियो । यसअघि गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend