नवनियुक्त प्रधानसेनापति सिग्देल राष्ट्रपतिबाट शपथ र दर्ज्यानी चिह्न ग्रहण गर्दै

images
  • 137
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    नवनियुक्त प्रधानसेनापति सिग्देल राष्ट्रपतिबाट शपथ र दर्ज्यानी चिह्न ग्रहण गर्दै
    images

    काठमाण्डौ

    नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

    पदभार ग्रहण गर्नुअघि उहाँलाई राष्ट्रपति एवम् नेपाली सेनाको परमाधिपति रामचन्द्र पौडेलले प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

    बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

    सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुनुहुन्छ । निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देललाई राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी गएको भदौ १२ गते प्रधानसेनापति नियुक्त गर्नुभएको थियो । निवर्तमान प्रधानसेनापति शर्मा गएको साउन २४ गतेदेखि बिदामा बस्नुभएको छ । नवनियुक्त प्रधानसेनापति सिग्देल ३७ वर्षदेखि सैनिक सेवामा हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend