शेयर बजार ५५ अङ्कले घट्याे

images
  • 178
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    शेयर बजार ५५ अङ्कले घट्याे
    images

    काठमाण्डाै 

    शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

    नेप्से पछिल्लो चार कारोबार दिन लगातार घटिरहेकाे छ । नेप्से गएकाे हप्ताकाे बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियाे । नेप्से याे हप्ताकाे पहिलाे काराेबार दिन हिजाे २५ दशमलव ४६ अङ्कले घटेको थियो ।

    आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।

    आज तीन सय २७ वटा कम्पनीका दुई करोड १० लाख कित्ता शेयर नौ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend