मादल बजाउँदै आए पनि आऊन्,घण्टी बजाउँदै आए पनि आऊन् तर, रुखको छहारी नै ठूलो होः गगन थापा

images
  • 186
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    मादल बजाउँदै आए पनि आऊन्,घण्टी बजाउँदै आए पनि आऊन् तर, रुखको छहारी नै ठूलो होः गगन थापा
    images

    चितवन,भदौ २४

    प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस जनताको पार्टी भएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित बीपी जन्मजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    “हिजो ठूला नेताहरूले पनि चितवन नै छान्नुहुन्थ्यो । किनकि यहाँ कांग्रेसको सङ्गठन व्यवस्थित छ । पार्टी तपाईंहरूले बनाउनुभएको छ । कांग्रेस जनताको पार्टी हो । यसलाई बर्कारार राख्नुहोला,” उनले भने ।

    महामन्त्री थापाले चितवनमा पुनः पार्टीको शान फर्काउनुपर्ने बताए । “यहाँ कोही मादल बजाउँदै आए पनि आऊन्, घण्टी बजाउँदै आए पनि आऊन्, हँसिया हथौडा बजाउँदै आए पनि आऊन् । तर, रुखको छहारीभन्दा ठूलो केही छैन भन्ने कुरालाई पुनर्स्थापित गर्नुपर्छ,” उनले भने ।

    पछिल्लो निर्वाचनमा चितवन १ र २ मा रास्वपाले चुनाव जितेको छ ।  रास्वपाको चुनाव चिह्न घण्टी हो । यही सन्दर्भ जोड्दै थापाले यस्तो भाषण गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend