नेपाल पत्रकार महासङ्घका अध्यक्ष पाेख्रेलद्वारा पदबाट राजीनामा

images
  • 146
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    नेपाल पत्रकार महासङ्घका अध्यक्ष पाेख्रेलद्वारा पदबाट राजीनामा
    images

    काठमाण्डाै –

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिनुभएको छ । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएको महासङ्घले जनाएको छ ।

    दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताउनुभएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताउनुभएको छ ।aaaa.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend