गाउँसुधारले गर्‍यो सार्वजनिक सुनुवाइ, दुई कार्यक्रमबाट एक लाख ३० हजार बचत

images
  • 215
    SHARES
  • भाद्र २५, २०८१ मंगलबार
    गाउँसुधारले  गर्‍यो सार्वजनिक सुनुवाइ, दुई कार्यक्रमबाट एक लाख ३० हजार बचत
    images

    देवघाट ।

    तनहुँको देवघाटस्थित श्री गाउँ सुधार समिति देवपुरले दुई वटा कार्यक्रम आयोजना गरेर एक लाख ३० हजार ५७२ रूपैयाँ ४२ पैसा बचत गर्न सफल भएको छ । समितिले गत साउन १८ देखि २६ गतेसम्म ‘सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड नकआउन खुला फुटबल प्रतियोगिता’ आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट ५८ हजार ८१२ रूपैयाँ ४२ पैसा बचत गर्न सफल भएको हो । 459076464_498892076110745_2082321808618144692_n.jpg


    दश दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँसहित चितवन, नवलपरासी पूर्व र गोरखाका गरी ४० समूह सहभागी भएका थिए । प्रतियोगितामा प्रवेश शुल्कबाट मात्रै एक लाख १० हजार आठ सय रूपैयाँ आर्थिक सङ्कलन भएको कार्यक्रमका आर्थिक संयोजक प्रेमबहादुर थापामगरले जानकारी दिए । 

    459317913_498892016110751_10409955516000751_n.jpg
    यस्तै गतवर्ष कात्तिक २५ गते आयोजना गरेको ‘सातौं देवपुर महोत्सव–२०८०’ बाट ७१ हजार ७६० रूपैयाँ बचत गर्न सफल भएको हो । समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ नै गरेर दुई कार्यक्रमको हरहिसाब सार्वजनिक गरेको हो । समितिका अध्यक्ष शुकलाल गुरूङका अनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न चार लाख ६ हजार ७१ रूपैयाँ आम्दानी भएको थियो भने चार लाख २७ हजार ९६८ रूपैयाँ खर्च भएको थियो । 

    459068155_498892026110750_2025715845415032960_n.jpg
    यस्तै गतवर्ष तिहारमा भएको महोत्सवमा भने चार लाख ७४ हजार १० रूपैयाँ आम्दानी हुँदा चार लाख दुई हजार २५० रूपैयाँ खर्च भएको थियो । २०६३ सालमा स्थापना भएको गाउँ सुधार समितिले हरेक वर्ष विभिन्न खालको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्कृति संरक्षण, वातावरण सरसफाइ, खेलकुद विकास, शैक्षिक प्रगतिलगायतका विषयमा संस्थाले काम गर्दै आएको समितिका अध्यक्ष गुरूङले जानकारी दिए । 

    459144525_498891969444089_6780205558708361949_n.jpg
    आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्थालाई थप चलायमान बनाउँदै लैजाने उनले बताए । ‘आउँदा दिनहरूमा पनि हामीले गरेका सबै कार्यक्रमको आयव्यय यस्तै सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गर्नेछौँ,’ उनले भने, ‘किनकि हामीले संस्थालाई नियमानुसार सञ्चालन गर्नुपर्छ । आयव्ययलाई पारदर्शी बनाउन सक्नुपर्छ ।’यही संस्थामार्फत समाजमा सुशासन कायम गराउन सकिने बताउँदै समाजलाई सत्मार्गमा हिँडाउनको लागि सामाजिक संस्था नै अग्रसर हुनुपर्ने उनको भनाइ छ । 459289556_498895826110370_9180918137106754347_n.jpg

    देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट गाउँपालिका भित्रका अधुरो खेलमैदानहरुलाई पुरा गराउने बताए । उपाध्यक्ष गुरुङले गाउँपालिका खेलकुद बिकासको निम्ति सवै संग समन्वय गरि दीगो बिकासको लागि अगाडी बढ्ने बताए।

    459077582_498895906110362_8815625442039735480_n.jpg

    459093119_498895736110379_5803752646907165734_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend