मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउँदै

images
  • 206
    SHARES
  • भाद्र २६, २०८१ बुधबार
    मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउँदै
    images

    चितवन, भदौ २६

    मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । स्तरोन्नतिको काम सम्पन्न भएसँगै केबलकार सञ्चालनमा आउने भएको हो 

    कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ ।

    अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको हो । ३१ असारदेखि केबलकार सेवा बन्द भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend