३८औं युनाइटेड गोल्डकपः रडस रामपुर फाइनलमा प्रवेश

images
  • 167
    SHARES
  • भाद्र २७, २०८१ बिहीबार
    ३८औं युनाइटेड गोल्डकपः रडस रामपुर फाइनलमा प्रवेश
    images

    कावासोती

    सहज जितका साथ रडस रामपुर यहाँ जारी ३८औं युनाइटेड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा रडस रामपुरले भेडाबारी फुटबल क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

    रड्स रामपुरको जितमा अनिल राना मगरले दुई गोल गरे भने सलिल ढकाल, विकी चाम्लिङ राई र बिमल तामाङले एक–एक गोल गरे । 

    प्रतियोगिता अन्तर्गत भदौ २७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एभरेष्ट क्लब र वातासिनो योङ स्टार युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

    युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend