देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन आयोगको परामर्श

images
  • 182
    SHARES
  • भाद्र ३०, २०८१ आइतबार
    देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन आयोगको परामर्श
    images

    काठमाण्डौ –

    निर्वाचन आयोगले देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन सरकारलाई परामर्श दिएको छ । आयोगले विभिन्न कारणले पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते आइतवार गराउन सरकारलाई परामर्श दिएको हो ।

    आयोगको तथ्याङ्गअनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडा अध्यक्ष नाै वटा पद रिक्त रहेको छ । यस्तै नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडा अध्यक्ष २१ गरी ३९ वटा पद रिक्त रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend