मेसीको जादुमय पुनरागमनमा मियामीको सहज जित

images
  • 151
    SHARES
  • भाद्र ३०, २०८१ आइतबार
    मेसीको जादुमय पुनरागमनमा मियामीको सहज जित
    images

    अन्तत लियोनेल मेसी आफ्नो जादुमय शैलीमा पुनरागमन गर्न सफल भएका छन्। लामो समय चोटका कारण मैदानबाहिर रहेका अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेसीले इन्टर मियामीमा पुनरागमन गर्ने क्रममा आफ्नो सानदार लय कायम रहेको संकेत दिए।

    स्टार फर्वार्ड मेसीले पाँच मिनेटभित्र दुई गोल गर्दा अन्त्यमा एउटा सानदार असिस्ट दिएर इन्टर मियामीलाई फिलाडेल्फिया युनियनविरुद्ध ३-१ को सहज जित दिलाए र सबै तीन गोलमा आफ्नो योगदान दिएका थिए।

    ३७ वर्षीय मेसी २०२४ को कोपा अमेरिकाको फाइनलमा चोट बोक्न पुग्दा २ महिना मैदान बाहिर रहे। एमएलएसका खेलहरुबाट उनी करिब तीन महिना टाढा रहे। उनले पछिल्लो पटक गत जुन १ मा लिग खेलेका थिए।

    र्जेन्टिनी स्टार मेसीले इन्टर मियामीको लागि पुनरागमन खेल पुरै ९० मिनेट खेलेका थिए। खेलको नतिजा उनीहरूको पक्षमा भएपनि फिलाडेल्फिया युनियनले इन्टर मियामीलाई कडा चुनौती दिएको थियो।

    फिलाडेल्फिया युनियनले शनिबारको खेलमा डीआरभी पीएनके स्टेडियममा पहिलो गोल गर्दै खेलमा अग्रता बनाए थियो। खेलको एक मिनेटपछिनै अग्रता बनाउको फिलाडेल्फियाका काएल उरेले एक डिफेन्डरलाई छलेर गोलकिपर ड्रेक कल्लेन्डरलाई छक्काउनै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरैबेर टिक्न सकेन।

    मेसीले २६औं मिनेटमा आफ्नो पहिलो गोल गरे। लुइस स्वारेजको पास पाएको केही समयमै बललाई डिफेन्डर बिट गर्दै गरेको प्रहार गोलमा परिणत भयो। ३० मिनेटमै उनले टिमलाई अग्रता दिलाए। जुन अग्रता अन्तिमसम्म कायम राखे।

    पहिलो हाफको अन्त्यमा स्वारेजले एक सुन्दर गोल गरे तर अफसाइडको कारणले त्यो रद्द भयो। तर, उनले अन्तिम क्षणमा आफ्नो गोल निश्चित गरे। मेसीले उनलाई आकर्षक पास दिँदा मियामीले ३-१ को जीत पक्का गर्यो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend