पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसालाई पोखरामा सम्मान

images
  • 152
    SHARES
  • भाद्र ३०, २०८१ आइतबार
    पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसालाई पोखरामा सम्मान
    images

    पोखरा-

    पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् ।

    उनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।

    आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेका हुन् ।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरे । महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

    कास्की जिल्ला तेक्वान्दो संघले ५१ हजार रुपैयाँ प्रदान गर्दै पलेशालाई सम्मान गरेको छ । संघले प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ ।

    पारा ओलम्पिकमा पलेशाले महिला ५७ केजीमुनिको विधामा ऐतिहासिक कास्य पदक हात पारेकी थिइन् ।

    यसअघि उनलाई सरकारले सम्मान गरेको थियो । काठमाडौं महानगरपालिद्वारा उनी सम्मानित भएकी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend