सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान

images
  • 146
    SHARES
  • भाद्र ३१, २०८१ सोमबार
    सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान
    images

    काठमाणडौ 

    सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेकाे छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

    हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएपछि आज नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend