एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार पाँचौं हार

images
  • 121
    SHARES
  • भाद्र ३१, २०८१ सोमबार
    एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार पाँचौं हार
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो । वालिङका लागि भिओला नमुद्दुले ह्याट्रिक तथा ज्याकलिन नसाली र सुष्मा तामाङले समान १ गोल गरिन् । सुदूरपश्चिमकी ऋतिका कार्कीले १ गोल फर्काइन् ।

    यो जीतसँगै वालिङ ५ खेलमा ९ अङ्कसहित तालिकाको पाँचाैं स्थानमा छ । सुदूरपश्चिम ५ वटै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend