देवघाट
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी कार्यम्पादनको आधारमा तनहुँ जिल्लाकै स्वास्थ्य संस्थाहरु मध्ये प्रथम भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले तय गरेको मापदण्ड अनुसार स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका ८५ वटा स्वास्थ्य चौकीहरुको गत आर्थिक वर्षमा सम्पन्न गरेका काम कार्यहरु जसमा खोप,पोषण,नवजात शिशु ब्यबस्थापन,परिवार नियोजन,सुरक्षीत मातृत्व,सामुदायिक महिला स्वयंसेविका कार्यक्रम,गाउँघर क्लिन तथा स्वास्थ्य शिक्षा कार्यक्रम,क्षयरोग नियन्त्रण कार्यक्रम,एचआईभी तथा योन रोग नियन्त्रण कार्यक्रम,मलेरिया नियन्त्रण कार्यक्रम,आपूर्ति ब्यबस्थापन,स्वास्थ्य कार्यालयको मुल्यांकन,स्वास्थ्य रिपोर्ट लगाएतको मापदण्डलाई आधार मानी गरिएको मुल्यांकनमा छिपछिपे स्वास्थ्य चौकी देवघाट ३ नम्बर वडा तनहुँ जिल्लाकै प्रथम स्थान हुन सफल भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकृत सुदिप कडेलले जानकारी दिएका थिए ।

मुल्यांकन समितिले गरेको मुल्यांकनमा ९२.२ अंक प्राप्त गरि छपिछिपे स्वास्थ्य चौकी देवघाट गाउँपालिका प्रथम,शुक्लागन्डकी नगरपालिका ४ खैरेनीटार स्वास्थ्य चौकी द्वित्तिय र काहुँशिवपुर स्वास्थ्य चौकी ऋषिङ गाउँपालिका २ तृतिय स्थान हुन सफल भएको सूचना अधिकृत कडेलले जानकारी दिएका थिए।

क्रमशः प्रथम, द्वित्तिय र तृतिय हुन सफल स्वास्थ्य चौकीका प्रमुखलाई सोमबार दमौलीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठक,विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय अशोककुमार श्रेष्ठ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले,व्यास नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेको उपस्थितिमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।



