काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा पुलिसको लगातार दोस्रो जीत

images
  • 213
    SHARES
  • भाद्र ३१, २०८१ सोमबार
    काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा पुलिसको लगातार दोस्रो जीत
    images

    काठमाण्डाै –

    काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जीत हात पारेको छ ।

    माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो ।

    पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । अब पुलिसले तेस्रो खेलमा भोलि ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend