एन्फा महिला लिग फुटबलमा एपीएफ क्लबले सङ्कटा क्लबलाई हरायो

images
  • 290
    SHARES
  • आश्विन १, २०८१ मंगलबार
    एन्फा महिला लिग फुटबलमा एपीएफ क्लबले सङ्कटा क्लबलाई हरायो
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो । एपीएफका लागि सरु लिम्बु, अनिता केसी र सबिता राना मगरले समान एक गोल गरे ।

    प्रतियोगितामा एपीएफको यो पाँचौं जीत हो । एपीएफ ६ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सङ्कटा ६ खेलमा पाँच अङ्कसहित सातौं स्थानमा छन् ।

    एन्फा महिला लिगमा आजै दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend