आज र भोलि काठमाण्डौको दरबारमार्गमा गाडी चलाउन नपाइने

images
  • 168
    SHARES
  • आश्विन २, २०८१ बुधबार
    आज र भोलि काठमाण्डौको दरबारमार्गमा गाडी चलाउन नपाइने
    images

    काठमाण्डौ 

    काठमाण्डौको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ । भोलि रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ ।

    काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

    सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend