संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान

images
  • 383
    SHARES
  • आश्विन ३, २०८१ बिहीबार
    संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान
    images

    काठमाडौँ

    संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

    बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत,अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

    समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend