उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत फेला

images
  • 150
    SHARES
  • आश्विन ४, २०८१ शुक्रबार
    उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत फेला
    images

    काठमाडौँ ।

    काठमाडौँ उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौँको टोखा नगरपालिका-३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।

    उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् । छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend