प्रेस युनियनका अध्यक्ष सिग्देललाई प्रधानमन्त्री देउवाले दिए बधाई

images
  • 97
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    प्रेस युनियनका अध्यक्ष सिग्देललाई प्रधानमन्त्री देउवाले दिए बधाई
    images

    काठमाडौं 

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिएका छन्।

    badri-sigdel-pm_20220611085314.jpg

     

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना  दिएका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए ।

    प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा भएको बताए । 

    साथै, उनले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend