युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गयो

images
  • 203
    SHARES
  • आश्विन ४, २०८१ शुक्रबार
    युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गयो
    images

    युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ ।

    ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् । ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन ।

    पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१ स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend