घरमा सुरुङ बनाइ चोरी गर्ने रौतहटबाट एक युवक पक्राउ

images
  • 401
    SHARES
  • आश्विन ५, २०८१ शनिबार
    घरमा सुरुङ बनाइ चोरी गर्ने रौतहटबाट एक युवक पक्राउ
    images

    वीरगन्ज ।

    दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । असार २४ गते राति जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् ।  उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए ।

    साे समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताइन् ।

    पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend