कास्की पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

images
  • 350
    SHARES
  • आश्विन ५, २०८१ शनिबार
    कास्की पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि
    images

    कास्की  –

    कास्कीको पोखरा महानगरपालिकामा गएको भदौ पहिलो हप्तायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौको पहिलो हप्तासम्ममा सात सयको आसपास रहेको डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर चार हजार चार सय ३३ जना पुगेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

    महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय पुग्न नदिने लक्ष्य लिएकोमा  लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । गएको वर्ष पोखरामा तीन हजार ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend