नेपाल मगर विद्यार्थी संघ चितवनद्वारा ३५ मगर विद्यार्थीलाई सम्मान

images
  • 280
    SHARES
  • आश्विन ६, २०८१ आइतबार
    नेपाल मगर विद्यार्थी संघ चितवनद्वारा ३५ मगर विद्यार्थीलाई सम्मान
    images

    चितवन ।

    नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले ३५ जना मगर विद्यार्थीलाई सम्मान गरेको छ । नेपाल मगर संघको भवनमा एक कार्यक्रम आयोजना गर्दै संघले चितवन जिल्लाभरिका सामुदायिक र संस्थागत विद्यालयबाट माध्यमिक तह एसईइ र प्लस टू मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो। त्यसमध्येबाट पनि माध्यमिक तह एसइइमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फबाट भरतपुर २१ का यलम्वर राना मगर , संस्थागत विद्यालय तर्फबाट भरतपुर १५ का आयुष थापा मगर , भरतपुर १९ की अम्बिका राना मगर नगद र प्रमाणपत्रसहित सम्मानित भएका छन्।b8ccac0b-2d35-43d4-9aa4-1749b99e3439.jpeg

    यसैगरी सामुदायिक विद्यालयको तर्फबाट प्लस टू मा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने रत्ननगर १२ की सदिक्षा रानामगर र संस्थागत विद्यालय अन्तर्गतबाट भरतपुर २ की आइशा थापा मगर नगद र प्रमाणपत्र सहित सम्मनित भएका हुन् । उक्त कार्यक्रमका सभाध्यक्ष नेपाल मगर विद्यार्थी संघका उपाध्यक्ष प्रिज्मा आले मगरले सम्मानित विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै मगर समुदायको समग्र शैक्षिक प्रगतिको लागी योगदान पुर्याउनुका साथै मगर विद्यार्थीसँग आपसी भाइचारा,एकता र शिक्षाप्रतिको लगावलाई कायम राख्न विद्यार्थीलाई अझै हौसला मिलोस् भन्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि परामर्श तथा तालिम सेवा इकाई चितवन इन्जिनियरिङ क्याम्पस रामपुरका उप प्रधानाध्यापक आकाश थापा मगरले सम्मानित विद्यार्थीलाई शुभकामना दिँदै विद्यार्थीलाई हौसला मिल्ने कार्यक्रम गरेकोमा आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिराख्नु पर्नेमा जोड दिनुभयो।

    नेपाल मगर विद्यार्थी अक्ष्यकोष का अध्यक्ष निर्मल हुञ्चिङ मगरले मगर कल्याणकारी कोषको नाममा सुरुवात गरेको संस्थालाई आधिकारिक रूपमा २०७५ सालमा मगर विद्यार्थी अक्ष्यकोष भनी नामाकरण गरिएको बताउनुभयो। विगतका दिनमा पनि अक्षयकोषबाट गरिब जेहेन्दर विद्यार्थीहरूलाई आर्थिक तथा शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो। आउँदो वर्षमा यो अक्षयकोषलाई बढाएर १० लाख सम्म पुर्याउने र हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने लक्ष्य रहेकोसमेत उहाँले बताउनुभयो । उक्त कार्यक्रमको सहजिकरण नेपाल मगर विद्यार्थी संघ चितवनका सह-सचिव एल.एफ पेमी मगरले गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend