ताङ्लिचोकको तमु वस्तिमा बजारिया रक्सी प्रतिबन्ध !

images
  • 104
    SHARES
  • आश्विन ६, २०८१ आइतबार
    ताङ्लिचोकको तमु वस्तिमा बजारिया रक्सी प्रतिबन्ध !
    images

    गण्डकी 

    गोरखाको गण्डकी गाउँपालिका वडा न २, तमु वस्तिमा विवाह, छेवर(ब्रतवन्ध), गून्योचोली, पास्नी लगाएतका भोजभतेरहरुमा बजारिया रक्सि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    नमुना महिला समूहको अग्रसरतामा आज बसेको बैठकले आजैको मितिबाट लागुहुने गरी उत्त निर्णय गरेको हो । नमुना महिला समूहको अध्यक्ष मिन कुमारी गुरुङको अध्यक्षतामा बसेको बैठकले उत्त निर्णय गरेको वडा सदस्य मिलन गुरुङले इच्छाकामना न्यूजलाई बताए । 

    बैठकले उत्त निर्णय उल्ङ्घन गर्नेलाई ३५ हजार जरिवाना गर्न समेत निर्णय गरेको छ । समूहले आफ्नो स्थापना कालदेखिनै समाज सुधारसँग सम्बन्धित महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । गण्डकी गाउँपालिकाले पनि गण्डकी कोदोको रक्सी नाममको घरेलु रक्सीलाई ब्राण्डीङ र उत्पादन गर्दै आएको छ ।

    11111111111111.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend