सहकारी ठगी प्रकरण:जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

images
  • 270
    SHARES
  • आश्विन ७, २०८१ सोमबार
    सहकारी ठगी प्रकरण:जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
    images

    पोखरा, असोज ७-

    सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

    गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

    विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend