ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

images
  • 118
    SHARES
  • आश्विन ८, २०८१ मंगलबार
    ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत
    images

    काठमाण्डाै –

    नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    आज बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले स्वागत गरे ।

    एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो । उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

    एरिकाले चीनमा भएको २०औं एशिया सिनियर कराँते च्याम्पियनशिपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनशिपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो ।

    एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend