वैदेशिक राेजगारीमा पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

images
  • 140
    SHARES
  • आश्विन ८, २०८१ मंगलबार
    वैदेशिक राेजगारीमा पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ
    images

    काठमाण्डाै –

    वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै सात लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भई काठमाण्डौको कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुरको थाहा नगरपालिका घर भई काठमाण्डौको कलङ्की बस्ने ३२ वर्षीय विश्वराज रुम्बा रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उप्रेतीले एक जनाबाट पाँच लाख र रुम्बाले एक जनाबाट दुई लाख ५० हजार रुपैयाँ ठगी गरेका कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

    उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई र क्रोएशियालगायतका देशहरूमा लैजाने भन्दै पैसा उठाएर सम्पर्कविहीन भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend