नेप्से उच्च अंकले गिरावट

images
  • 245
    SHARES
  • आश्विन ८, २०८१ मंगलबार
    नेप्से उच्च अंकले गिरावट
    images

    काठमाडौँ ।

    धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सीमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु. पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend