उपचुनावका लागि दल दर्ता आह्वान

images
  • 173
    SHARES
  • आश्विन ९, २०८१ बुधबार
    उपचुनावका लागि दल दर्ता आह्वान
    images

    काठमाण्डौ 

    निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको जनाएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाण्डौमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

    दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपचुनाव आउँदो मङ्सिर १६ मा हुँदैछ । 

    kkkkkkkkkkkkkkkkk.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend