साफ च्याम्पियनशिपमा नेपालले आज भुटानसँग खेल्दै

images
  • 163
    SHARES
  • आश्विन ९, २०८१ बुधबार
    साफ च्याम्पियनशिपमा नेपालले आज भुटानसँग खेल्दै
    images

    १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

    यसअघि भएको दोस्रो खेलमा श्रीलङ्कालाई ४ गोलले हराएको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । नेपालको दुई खेलमा तीन अङ्क छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।

    समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल असोज १२ र फाइनल खेल १४ गते हुनेछ । गएको संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend