विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

images
  • 116
    SHARES
  • आश्विन ९, २०८१ बुधबार
    विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
    images

    काभ्रेपलाञ्चोक –

    काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    धुलिखेल अस्पतालमा 'इन्टर्नशिप' गर्न आएका इटाली र जर्मनीका नागरिकको सामान लुटेको आरोपमा नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend