लंगरबुर्जा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा ढुंगामुढा गर्दा प्रहरी निरीक्षक शाहीसहित चार जना

images
  • 157
    SHARES
  • आश्विन १०, २०८१ बिहीबार
    लंगरबुर्जा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा ढुंगामुढा गर्दा प्रहरी निरीक्षक शाहीसहित चार जना
    images

    काठमाडौं, असोज १०-

    कञ्चनपुरमा लंगरबुर्जा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा ढुंगामुढा भएको छ। बुधबार राति सवा ११ बजे पुनर्वास नगरपालिका-७ चगाउँमा लंगरबुर्जा खेलिरहेको सूचना प्रहरीले पाएपछि प्रहरी निरीक्षक महेशबिक्रम शाही नेतृत्वको टोली खटिएको थियो।


    प्रहरी आएको थाहा पाएपछि जुवा खेलिरहेकाहरूले प्रहरीमाथि ढुंगामुढा गरी प्रहरी निरीक्षक शाहीसहित चार जना सामान्य घाइते छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार लंगरबुर्जा खेलिरहेको ठाउँमा २०-२५ जना थिए ।

    नीहरूले ढुंगामुढा गर्दा चार जनालाई चोट लागेको उनले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिएका छन् । फाइल तस्बिर

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend