देवघाट २,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ को आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ तथा टोल बिकास बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रममा २ नम्बर अध्यक्ष मिनबहादुर रानामगरले सेवाग्राहीबाट उठेका प्रश्नहरुको प्रतिउत्तर दिएका थिए भने आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजनाको बिषयमा उपस्थित टोल बासीहरुलाई जानकारी गराउदै प्रष्ट गरेका थिए ।साथै २ का वडा अध्यक्ष रानामगरले वडा तथा टोलबिकासको निम्ति सबै संघसंस्था संग समन्वय गरेर अगाडी बढ्ने बताए।साथै सल्लाह सुझावको पनि आवस्यक पर्ने बताउदै अनावश्यक हल्लाको पछाडी नलाग्न टोलबासीलाई अनुरोध समेत गरेका थिए।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य बालकुमारी परियार,हूममाया खान,देवघाट २ वडा सदस्य पोलबहादुर आलेमगर,यमबहादुर थापामगर,कोटबैदी टोलबिकास संस्था अध्यक्ष वृषबहादुर गुरुङ,सिमलेक टोलबिकास संस्था सचीव दिलबहादुर बाचेमगर,युवा व्यवसायी रवीन्द्र गुरुङ लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने २ नम्बर वडा सचीव समीर अधिकारीले कार्यक्रम सञ्चालान गरेका थिए।




