साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स

images
  • 106
    SHARES
  • आश्विन १०, २०८१ बिहीबार
    साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स
    images

    काठमाडौं ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।

    यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या (संस्थागत र व्यक्तिगत) नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend