सर्लाहीमा श्रीमानले चलाएको गोली लागेर श्रीमतीको ज्यान गयो

images
  • 203
    SHARES
  • आश्विन १०, २०८१ बिहीबार
    सर्लाहीमा श्रीमानले चलाएको गोली लागेर श्रीमतीको ज्यान गयो
    images

    सर्लाही

    सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको ज्यान गएको छ । उनका बुबा घाइते भएका छन् । हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै ज्यान गएको हो ।

    गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend