भरतपुर,असोज ११-
शैक्षिक क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित हुँदै गइरहेको सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.ली र सेन्ट्रल मोडेल कलेज संचालन गर्दै आइरहेको ग्रुपले लगानी विस्तार गर्न लागेको हो ।
सेन्ट्रल कलेजमार्फत उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थी र रोजगारी तथा भिजिटका लागि जानेहरुलाई लक्षित गरेर ट्राभल एण्ड टुर सञ्चालनको तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।
सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।



