बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो

images
  • 187
    SHARES
  • आश्विन १२, २०८१ शनिबार
    बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो
    images

    काठमाण्डौ

    मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।

    ज्यान गुमाएकाको पहिचान भएको छैन । डिएसपी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend