सिन्धुपाल्चोक
शनिबार बिहान पहिरोमा परी नेपाली सेनाका एकजना प्रमुख सेनानी (कर्णेल) को मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा पुरिएर मिलन केसीको मृत्यु भएको हो ।
कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको उद्धार कार्यमा खटिएका स्थानीय शम्सेर क्षेत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले कर्णेल केसीसहित एक कोरियन नागरिकको मृत्यु भएको र उनीहरूको शव प्रथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएको जानकारी दिए ।



