काठमाण्डाैबाट पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते

images
  • 248
    SHARES
  • आश्विन १४, २०८१ सोमबार
    काठमाण्डाैबाट पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते
    images

    काठमाण्डाै –

    काठमाण्डाैबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    नागढुङ्गाबाट प्रहरीले बाहिर जान अनुमति नदिएका कारण ग १ ख ४५३५ नम्बरको माइक्रोबस टोखा–छहरे, त्रिशुली हुँदै गल्छी निस्केर पाेखरा जान लागेको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटको सडकबाट माइक्रोबस खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend