सिन्धुपाल्चाेक –
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा अस्ति शनिवार गएको पहिरोमा परेका सात जना अझै बेपत्ता छन् ।
शुक्रवार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएका वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् ।



