पर्सि बुधवारदेखि शनिवारसम्म ४ वटा प्रदेशमा पानी पर्ने मौसमविद्को अनुमान

images
  • 300
    SHARES
  • आश्विन १४, २०८१ सोमबार
    पर्सि बुधवारदेखि शनिवारसम्म ४ वटा प्रदेशमा पानी पर्ने मौसमविद्को अनुमान
    images

    काठमाण्डाै –

    पर्सि बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ ।

    विशेष गरेर बेलुकीपख पानी पर्ने उहाँले उल्लेख गर्नुभएको छ । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ । भोलि बाग्मती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ । तर पर्सिदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend