झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

images
  • 188
    SHARES
  • आश्विन १५, २०८१ मंगलबार
    झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन
    images

    काठमाण्डौ – नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएकाे छ । झ्याप्ले खाेलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे र चितवनसम्म अवराेध नरहेकाे प्रहरीले जनाएकाे छ ।

    पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएकाे थियाे । पहिराे पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे ।

    लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend