राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग

images
  • 222
    SHARES
  • आश्विन १५, २०८१ मंगलबार
    राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग
    images

    काठमाडौँ असोज १५-

    राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो ।

    बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा रु एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend