प्ये ल्हु संघ चितवनद्धारा ९ जना सम्मानित

images
  • 345
    SHARES
  • आश्विन १७, २०८१ बिहीबार
    प्ये ल्हु संघ चितवनद्धारा ९ जना सम्मानित
    images

    चितवन,आश्विन,१७

    तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनले बिभिन्न विधामा ९ जनालाई सम्मान गरिएको छ । बिहिवार संघको २१ औँ वार्षिक साधारणसभाको अवसार सम्मान गरिएको हो ।

    461964620_515169427816343_5574347628849014188_n.jpg

    सो अवसरमा जेष्ठ नागरिक २ जना जसमा १ सय ४ वर्षिय गौरीमाया गुरुङ्ग र ९७ वर्षिय रण बहादुर गुरुङ्गलाई सम्मान गरिएको हो । त्यस्तै गरि बरिष्ठ अधिवक्ता खड्ग बहादुर गुरुङ्ग, डा सुभाष गुरुङ्ग, डा. आकृति गुरुङ्ग, संस्थापक अक्षयकोष दाता लाल प्रसाद गुरुङ्ग, लेखिका माया गुरुङ्ग, बाग्मती प्रदेशका वन तथा वाताबरण मन्त्रीका स्वकीय सचिव चित्र सोल्टी गुरुङ्ग लगायतलाई सम्मान गरेको हो ।

    462037301_515169874482965_7941606480336865687_n (1).jpg

    साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगमा १७ जना बिद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रा वृति प्रदान गरिएको छ । उक्त कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका सांसद गीता गुरुङ्गले तमु समुदायको संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा तमु प्ये ल्हु संघले राम्रो भुमिका खेलेको भन्द्रै प्रसंसा गर्नुभयो । प्रमुख अतिथि समेत रहनु भएका गुरुङ्गले संघले आफ्नो ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले संघको जग्गा तथा कार्यलय ब्यवस्थित नभएको भन्दै व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

    461949205_515169464483006_347818902198665000_n.jpg

    यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुङ्गहरुको धर्म संस्कार संस्कृति एक अर्कासंग मिल्नु पर्ने बताएका थिए । पछिल्लो समय धर्म एउटा र संस्कार अर्कै गर्नेहरु बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै उनिहरुले धर्मको लागी संस्कार र संस्कृतिको पनि पहिचान हुन पर्ने बताएका थिए ।

    461946728_515169547816331_3219343622536981346_n.jpg

    तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका-७ का सदस्य मिन बहादुर गुरुङ्ग, केन्द्रिय उपाध्यक्ष तुलाराम गुरुङ्ग, सल्लाहकारहरु भिम बहादुर गुरुङ्ग, जगत गुरुङ्ग लगायतको सहभागीता रहेको थियो । भने संघले विभिन्न साँस्कृतिक कार्यक्रमहरू गरि साधारणसभा सम्पन्न गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend