दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर ठगी गर्ने ६ जना पक्राउ

images
  • 240
    SHARES
  • आश्विन १८, २०८१ शुक्रबार
    दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर ठगी गर्ने ६ जना पक्राउ
    images

    काठमाडौँ, असोज १८

    निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोपमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक पक्राउ परेका हुन् ।

    पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख.१११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् ।

    तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा।३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।

    फाइल तस्बिर

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend