रास्वपाका सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पिडितले कालो झण्डा देखाएपछि...

images
  • 216
    SHARES
  • आश्विन १८, २०८१ शुक्रबार
    रास्वपाका सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पिडितले कालो झण्डा देखाएपछि...
    images

    मुग्लिन 

    सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुग्लिनमा कालोझण्डा देखाएर विरोध गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

    सार्वाजनिक सुनुवाई सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएर विरोध गरेका थिए । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

    नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गनतव्य तर्फ पठाएको थियो । सहकारी पीडितको विरोध पश्चात रास्वपाका कार्यकता बिच सामान्य झडपको सृजना भएको पत्रकार रोहिणी प्रसाद त्रिपाठीले जानकारी दिए । प्रहरीले ठुलो झडप हुन दिएन । प्रर्दशन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो । 

    चितनवमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिव १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरेपनि बचत फिर्ता पाएका छैनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend