काठमाण्डाै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ ।
काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले बाढी पहिरोबाट देश र नागरिकले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताउनुभयो ।
उहाँले दशैँ, तिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका ठाउँमा युद्धस्तरमा काम भइरहेको बताउनुभयो ।



