सुनको भाउ तीन सय रुपैयाँले घट्यो

images
  • 164
    SHARES
  • आश्विन २०, २०८१ आइतबार
    सुनको भाउ तीन सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर ताेलाकाे एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सुनको भाउ अस्ति शुक्रवार अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ६१ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो । आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend